शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
पाेखरा | साउन ११, २०८३
बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।
अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।
त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।
उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।
उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

